Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

चितवनको नारायणी नदीमा आमा–छोरा बेपत्ता, खोजी जारी

चितवनको नारायणी नदीमा आमा–छोरा बेपत्ता, खोजी जारी

चितवन : नारायणी नदी किनारमा खुट्टा धुने क्रममा डुबेर आमा र छोरा बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका–१, पशुपति मन्दिर पछाडि नदी किनारमा खुट्टा धुन गएका खैरहनी नगरपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१२, मुनालचोकमा बस्दै आएकी ३२ वर्षीया सिर्जना शर्मा र उनका ६ वर्षीय छोरा प्रशिद्ध पौडेल बेपत्ता भएका हुन्।

घटनामा परेकी सिर्जनाकी ११ वर्षीया छोरी प्रसिद्धी पौडेललाई भने प्रहरीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

वडा प्रहरी कार्यालय नारायणगढले विपद् उद्धार टोलीसँग समन्वय गरी छोरी प्रसिद्धीको उद्धार गरेको हो। तर, आमा सिर्जना र छोरा प्रशिद्ध भने अझै बेपत्ता छन्।

बेपत्ता आमा–छोराको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट