Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

२८ वर्षपछि पक्राउ परे जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी

२८ वर्षपछि पक्राउ परे जिउ मास्ने बेच्ने मुद्दाका फरार प्रतिवादी

भक्तपुर : भक्तपुरकी एक किशोरीलाई प्रलोभनमा पारी भारत पुर्‍याएर बेचेको अभियोगमा फरार रहेका एक व्यक्ति २८ वर्षपछि पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार २०५४ साल मंसिर महिनामा १७ वर्षीया किशोरीलाई मनकामना घुमाउन लैजाने बहानामा भारत पुर्‍याई जिउ मास्ने बेच्ने कार्यमा संलग्न ताप्लेजुङका कमल खतिवडालाई प्रहरीले नियन्त्रणमा लिएको हो। खतिवडाले विभिन्न प्रलोभन देखाई किशोरीलाई बिक्री गरेर लामो समयदेखि फरार रहँदै आएका थिए।

ताप्लेजुङ साविक थुम्बेदिन गाउँ विकास समिति–२ घर भई ललितपुरको बालकुमारी बस्दै आएका खतिवडालाई प्रहरीले पुस १७ गते झापाको बिर्तामोड नगरपालिका–१ बाट फेला पारेको हो। पक्राउ परेका उनलाई पुस १८ गते भक्तपुर जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप भएको सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीले जानकारी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij