Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

चितवनमा जंगली गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवनमा जंगली गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन : भरतपुर महानगरपालिका–१२ स्थित रामबेल सामुदायिक वनमा सोमबार जंगली गैँडाको आक्रमणबाट ५६ वर्षीय बाबुकाजी क्षेत्रीको मृत्यु भएको छ।

घटना दिउँसो करिब ३:३० बजे कालिमाटी घोल नजिक घाँस–दाउरा काट्न जंगल गएका बाबुकाजी क्षेत्रीमाथि गैँडाले अचानक आक्रमण गर्दा भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमै उनको मृत्यु भएको थियो।

घटनाको जानकारी पाउने बित्तिकै इलाका प्रहरी पोस्ट भोजाडबाट प्रहरी सहायक हवल्दार गुणबहादुर गुरुङको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो र सुरक्षा व्यवस्था मिलाइएको थियो।

प्रहरीले स्थानीयलाई जंगली जनावरको जोखिमबारे सचेत गराउँदै आगामी समयमा सावधानी अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij