Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कारागारबाट भागेका लागुऔषध मुद्दाका कैदी पक्राउ

कारागारबाट भागेका लागुऔषध मुद्दाका कैदी पक्राउ

काठमाडौँ : सिन्धुली कारागारबाट भागेका एकजना कैदीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुधौली नगरपालिका वडा नम्बर ४ सिन्धुली घर भएका ३७ वर्षीय लाल बाबु अधिकारी छन् । 

लागुऔषध खैरो हेरोइन मुद्दामा पुर्पक्षमा रहेका उनी कारागारबाट भागेका थिए । उनलाई इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी सुर्य प्रकाश सुवेदीले बताए । 

बुधवार उनलाई पक्राउ गरेर गरेर प्रहरीले कारागार पठाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij