Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

कांग्रेस आधिकारिकता विवादमा बहस सकियो

कांग्रेस आधिकारिकता विवादमा बहस सकियो

काठमाडौँ : नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा मंगलबार सर्वोच्च अदालतमा बहस सकिएको छ। सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा बहस भएको हो। रिट निवेदकको तर्फबाट पूर्व महान्यायाधिवक्ताद्वय खम्मबहादुर खाती र रमेश वडाल तथा बरिष्ठ अधिवक्ता शेरबहादुर केसीले बहस गरेका थिए।

कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति गठन भएको थियो भने निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको थियो। निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काद्वारा दायर रिटमा निर्वाचन आयोगको पछिल्लो निर्णयका कारण देशको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी निर्वाचनबाट वञ्चित हुने अवस्था आएको दाबी गरिएको छ।

रिटमा निर्वाचन आयोगको निर्णय खारेज गर्न तथा हाल चलिरहेको प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दर्ताको प्रक्रिया रोक्न माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट