Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

आतङ्कवादलाई वित्तपोषण गरेको मामिलामा दोषी ठहरिन् फिलिपिनी पत्रकार कुम्पियो

आतङ्कवादलाई वित्तपोषण गरेको मामिलामा दोषी ठहरिन् फिलिपिनी पत्रकार कुम्पियो

मनिला : फिलिपिन्सकी २६ वर्षीया पत्रकार फ्रेन्ची मे कुम्पियोलाई आतंकवाद वित्तपोषणको आरोपमा दोषी ठहर गर्दै कम्तीमा १२ वर्ष जेल सजाय सुनाइएको छ । प्रेस स्वतन्त्रता समूहहरूले यसलाई न्यायको उपहास भनेका छन् । 

कुम्पियोलाई सन् २०२० को फेब्रुअरीमा मध्यराति सेनाले उनको बासस्थानमा छापा मारेर पक्राउ गरेको थियो । छापाका क्रममा उनको ओछ्यानबाट हाते ग्रेनेड, बन्दुक र कम्युनिस्ट झन्डा भेटिएको दाबी गरिएको थियो । यी आरोप बनावटी भएको र उनको आलोचनात्मक रिपोर्टिङकै कारण ‘रेड–ट्यागिङ’ गरिएको मानवअधिकार समूहहरूले बताएका छन् ।

छ वर्षसम्म बिना मुद्दा जेलमा बसेकी कुम्पियोलाई अवैध हतियार तथा विस्फोटक राखेको अभियोगबाट भने अदालतले निर्दोष ठहर गर्याे । तर आतंकवाद वित्तपोषणमा दोषी ठहर गरिँदा उनी र उनकी पूर्वरुममेट मारिएल डोमेक्विल दुवैलाई १२–१२ वर्ष जेल सजाय सुनाइयो । 

कुम्पियो पूर्वी भिसायस क्षेत्रमा सेना र प्रहरीद्वारा गरिएका दुरुपयोगबारे रिपोर्टिङ गर्थिन् । यो फैसलाले ग्रामीण तथा सामुदायिक पत्रकारितामा गम्भीर असर पर्ने चेतावनी प्रेस स्वतन्त्रता सङ्गठनहरूले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट