Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा बालकको मृत्यु, आमाबुबाको अवस्था गम्भीर

बनेपा : बनेपामा द्रुत गतिमा हुँइकिएको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन् ।बनेपा नगरपालिका–१३ भैँटेपाटीमा बुलेटले ठक्कर दिँदा खोटाङको ऐसेलुखर्क गाउँपालिका–६ ज्यामिरेका ९ वर्षीय बालक जुवास बुढाथोकीको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका उनका आमाबुबाको अवस्था गम्भीर छ । उनीहरूको सिर मेमोरियल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए । ठक्कर दिने बुलेटका चालकलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट