Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले शक्ति बस्नेतलाई सोध्यो स्पष्टीकरण

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता शक्ति बस्नेतलाई स्पष्टीकरण सोधेको छ। निर्वाचन आयोगका अनुसार माघ ६ गते उजुरी प्राप्त भएपछि छानबिनका क्रममा बाजागाजा बजाउँदै आचारसंहिता विपरीत गतिविधि गरेको देखिएको भन्दै आयोगले बस्नेतसँग स्पष्टीकरण माग गरेको हो।

आयोगले जारी गरेको पत्रमा निर्वाचन आचारसंहिता विपरीतको कार्य गरेको देखिएकाले किन निर्वाचन कानून बमोजिम कारबाही नगर्ने भन्ने सम्बन्धमा स्पष्टिकरण पेस गर्न आग्रह गरेको छ। आयोगले उक्त पत्र प्राप्त भएको मितिले तीन दिनभित्र स्वयं वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालय जाजरकोट अथवा निर्वाचन आयोग, नेपालमा स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट