Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

५ अंकले बढेको सेयरबजारमा साढे ११ अर्बको कारोबार

५ अंकले बढेको सेयरबजारमा साढे ११ अर्बको कारोबार

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको सुधार देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य आठ अंकले बढेर दुई हजार ७३१ दशमलव ५९ को बिन्दुमा कायम भएको हो ।  आज ३३४ कम्पनीको दुई करोड ३६ लाख १८ हजार १८६ कित्ता शेयर एक लाख २१ हजार ९९२ पटक खरिदबिक्री हुँदा ११ अर्ब ४९ करोड ३९ लाख ८९ हजार १८५ बराबरको कारोबार भएको छ ।

बैंकिङ, लगानी, जीवन बिमा, लघुवित्त र निर्जीवन बिमा समूहबाहेक अरु सबै समूहको उपसूचक बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड र आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो ।

आज सबैभन्दा धेरै आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको सेयर कारोबार भयो। आज यसको ८३ करोड ५७ लाख ५१ हजार ३२८ रुपैयाँको सेयर कारोबार भएको छ। जसको अन्तिम सेयर मूल्य प्रतिकित्ता ३०५ रुपैयाँ कायम रह्यो। गुडविल फाईनान्स लिमिटेड डिबेन्चर–२०८३ को शेयर मूल्य सबैभन्दा बढी आठ दशमलव शून्य सात प्रतिशतले घटेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट