Logo

Nov 01 2026 | २०८३, कार्तिक १६गते

डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन

सुर्खेत : डोल्पाको डोल्पो बुद्व गाउँपालिकाबाट शे फोक्सुण्डो ताल तर्फ आउँदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक सम्पर्कविहीन भएका छन्। 

शे–फोक्सुण्डो गाउँपालिका–४ र ८ को बीचमा पर्ने नुमला पास र वागला पास क्षेत्रबाट उनीहरू सम्पर्कविहीन भएको खबर आएका डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमाल जानकारी दिइन । 

हिमाली क्षेत्रमा हिमपात भएपछि उनीहरू फसेको हुन सक्ने अनुमान स्थानीय गाइडको छ।  शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावा सम्दुक गुरुङका अनुसार वडा नम्बर ४ र ८ को बीचमा रहेका उक्त पासहरूमा फोन सम्पर्कसमेत नहुने समस्या छ। सञ्चार सम्पर्क नहुने भएकाले पर्यटकहरूको पछिल्लो अवस्थाबारे जानकारी लिन कठिन भइरहेको उनले बताए। 

जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार उपल्लो डोल्पामा २४४ जना पर्यटक पुगेका छन्। तीमध्ये १४९ जना नेपाली, ४४ जना सार्क मुलुकका र ५१ जना अन्य विदेशी नागरिक रहेका छन्। प्रतिकूल मौसमका कारण प्रशासनले पर्यटकहरूलाई जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।

डोल्पाका प्रहरी नायब उपरीक्षक डीएसपी अनिलराज गिरीले पछिल्लो जानकारीअनुसार पनि ६ जना भारतीय पर्यटक सम्पर्कमा नआएको बताए। उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकप्टरको व्यवस्था गरिदिन सम्बन्धित निकायसँग माग गरिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट