Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

चितवनमा मोटर साइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनमा मोटर साइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु

चितवनः चितवनमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रबीन्द्र खनालका अनुसार आज बुधबार राती ८ बजेको समयमा भरतपुर महानगरपालिका १४ राधापुरस्थित विश्वज्योति बोर्डिङ नजिकै रहेको नहरको पुलमा राधापुरदेखि पुलिस स्कुलतर्फ जाँदै गरेको बा.प्र.०६–००६ प ७७१२ नम्बरको बुलेट मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट नहरमा खस्दा मोटरसाईकल चालक भरतपुर महानगरपालिका  १६ बस्ने बर्ष ४० को बिनोद सुवेदी गम्भीर घाइते भएका थिए । 
 उपचारका लागि भरतपुर अस्पताल पु¥याइएकोमा सुवेदीलाई डाक्टरले  ९ बजेको समयमा  मृत घोषणा गरिएको सूचना अधिकारी खनालले बताउनुभया । उक्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको  र घटना बारे थप अनुसन्धान भइरहेको  उहाँले बताउनुभयो ।   

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट