Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

सिरियाली नेता अल शारा र रूसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

सिरियाली नेता अल शारा र रूसी राष्ट्रपति पुटिनबीच भेटवार्ता

मस्काे:  सिरियाली राष्ट्रपति अहमद अल–शाराले बुधबार मस्कोमा रूसी नेता भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । भेटमा क्रेमलिनले मध्यपूर्वमा आफ्नो सैन्य निगरानीका लागि महत्त्वपूर्ण सैन्य अड्डाहरूको भविष्य सुरक्षित गर्न सम्झौताका लागि सहमति गर्न चाहेको छ ।

सिरियामा १४ वर्ष लामो रक्तपातपूर्ण गृहयुद्धका बेला रुस शाराका पूर्ववर्ती बशर अल–असदको प्रमुख सहयोगी थियो । शाराको विद्रोही सेनाको हातबाट असदको पतनले यस क्षेत्रमा रूसको प्रभावमा ठूलो धक्का लागेको छ। सिरियामा रहेका रूसी विशालसैन्य अड्डाहरूको स्थिति के रहने भन्नेमा प्रश्न उठेको छ।पुटिनले त्यसयता शारासँग सम्बन्ध निर्माण गर्न काम गरिरहेको पाइन्छ, यद्यपि रुसले असद र उहाँकी पत्नीलाई मस्कोमा आश्रय दिइरहनु सम्बन्ध सुधारका लागि ठूलो अवरोध बनेको छ ।

“हाम्रो अन्तरदेशीय सम्बन्ध पुनस्र्थापना गर्ने सन्दर्भमा धेरै काम भएको छ,” पुटिनले शारासँगको टेलिभिजन बैठकमा भने ।सिरियाको उत्तरपूर्वी क्षेत्रमा कुर्द सेनाविरुद्ध शाराको हालैको आक्रमणलाई सङ्केत गर्दै पुटिनले भने,  “हामीले सिरियाको क्षेत्रीय अखण्डता पुनस्र्थापना गर्ने तपाईंको प्रयासलाई नजिकबाट नियालेका छौँ र यो प्रक्रियाले प्राप्त गरेको गतिका लागि म तपाईंलाई बधाई दिन चाहन्छु ।”सत्तामा आएपछि पुटिनसँगको दोस्रो भेटवार्तामा शाराले सिरियाको एकता र स्थायित्वमा मात्र नभई सम्पूर्ण क्षेत्रमा रुसको ऐतिहासिक भूमिका रहेको बताए ।

दुवैले सिरियामा रुसको सैन्य उपस्थितिको उल्लेख गरेका छैनन् । यद्यपि पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले यस पहिले नै भन्नुभएको थियो, “दुई देशका नेताबीच हुने वार्तामा यो मुद्दा उठ्नेछ भन्ने कुरामा म विश्वस्त छु ।”सिरियामा रुसका हमिमिम एयरबेस र सिरियाको भूमध्यसागरीय तटमा टार्टस नौसेना बेस गरी दुई बाँकी विशाल सैन्य चौकीहरू रहेका छन् । यो पूर्व सोभियत सङ्घ बाहिर रूसको केवल दुई आधिकारिक सैन्य अड्डा हो ।

क्रेमलिनले यस हप्ताको सुरुमा कुर्दहरूको कब्जामा रहेको उत्तरपूर्वी सिरियाको कामिश्ली विमानस्थलबाट आफ्नो सेना फिर्ता गरेको थियो । सिरियाले मस्कोसँग सहकार्य गर्ने इच्छा व्यक्त गरेको छ, यद्यपि रूसले बारम्बार असदलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट