Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

भक्तपुरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु, एक जना घाइते

भक्तपुर : भक्तपुरको कमलविनायक बसपार्क नजिकै सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान कमलविनायकबाट च्यामासिंहतर्फ जाँदै गरेको बा ५५ प १७४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लड्दा सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०२० प ११६८ नम्बरको स्कुटरसँग ठोक्किएको थियो । त्यसपछि सोही दिशाबाट आउँदै गरेको प्रदेश ३-०१-००३ क ६२९१ नम्बरको टिपरले स्कुटरलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको थियो।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-८ निवासी २६ वर्षीय बिमल वनमाला रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका वनमालाको भक्तपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।यस्तै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक भक्तपुर नगरपालिका-७ इनाचोकका २४ वर्षीय राजेश वनमालाको ललितपुरस्थित बी एन्ड बी अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनापछि फरार रहेका टिपर चालक सिन्धुपाल्चोकका २५ वर्षीय राजकुमार माझीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट