Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

शङ्कास्पद अवस्थामा हर्कुको शव भेटियो, पाँच युवा पक्राउ

शङ्कास्पद अवस्थामा हर्कुको शव भेटियो, पाँच युवा पक्राउ

खोटाङ : हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको हत्या आरोपमा पाँच युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ।हर्कु शुक्रबार बिहान आफ्नै गाउँमा शङ्कास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले गएराति स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएको हो। 

धितुङमा भएको घटना शङ्कास्पद लागेपछि अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक निराजन बस्नेतले जानकारी दिए।

“हर्कु राई बिहीवार बेलुकासम्म गाउँमा डुलिरहेको भन्ने खुलेको छ। उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोटपटक देखिएको छ”, उनले भने, “अहिलेसम्म घटनाका बारेमा केही खुलेको छैन। अनुसन्धानका लागि स्थानीय पाँच युवालाई नियन्त्रणमा लिएर हिरासतमा राखेका छौँ।”

घटनाका विषयमा मृतक हर्कुको आफन्तले आरोपितविरुद्ध किटानी जाहेरी दिएपछि थप कारबाहीको प्रक्रिया अगाडि बढ्ने प्रहरीले जनाएको छ।

हर्कुको शव परीक्षणका लागि गएराति नै जिल्ला अस्पताल खोटाङ ल्याइएको आफन्तले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij