Logo

Oct 15 2026 | २०८३, आश्विन २९गते

शंकर पोखरेलको दाबी : झापा–५ मा एमाले सुरक्षित छ, कुनै जोखिम छैन

शंकर पोखरेलको दाबी : झापा–५ मा एमाले सुरक्षित छ, कुनै जोखिम छैन

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले सहजै निर्वाचन जित्ने दाबी गरेका छन् । एमाले निकट प्रेस चौतारीले शुक्रबार काठमाडौँमा गरेको साक्षात्कारमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै एमालेलाई त्यहाँ कुनै जोखिम नभएको बताएका हुन् । झापा ५ मा ओलीसँग रास्वपाका बालेन शाह प्रमुख प्रतिस्पर्धी ठानिएका बेला पोखरेलले झापा ५ मा एमालेलाई निर्वाचन जित्न कुनै कठिनाइ नभएको दाबी गरेका हुन् । 

‘झापा ५ का जनता राजनीतिक रूपमा जागरूक जनता हुन् । जसले पञ्चायतका विरुद्ध आन्दोलनको शंखघोष गरे त्यो ठाउँका जनताले हरेक लोकतान्त्रिक आन्दोलनमा पनि नेतृत्वकारी भूमिका निर्वाह गरे’, पोखरेलले भने, ‘त्यो ठाउँका जनता पपुलिज्म र एनार्किजमको प्रभावमा परी परिणामलाई नै तलमाथि पार्छन् भन्ने पार्टीको मान्यता छैन ।’ 

उनले  झापा–५ मा बालेन पक्षधरको मिडियाले मात्र हल्लाखल्ला गरेको बताए । ‘मतदाताको हिसाबले झापा–५ मा हामी सुरक्षित छौँ । त्यहाँ कुनै जोखिमको अवस्था छैन’, महासचिव पोखरेलको भनाइ छ । उनले एमाले व्यवस्थित पार्टी भएको भन्दै यो चुनावलाई पनि एमालेले नै संस्थागत बनाउने काम गरिरहेको बताए ।

‘निर्वाचन आयोगले उम्मेदवारी दर्ताको कार्यक्रमअघि नै राख्यो । तर अहिले चुनाव प्रचार अभियान आचारसंहिताका कारण सुरु हुन सकेको छैन’, उनले भने, ‘जतिबेला समय सुरु हुन्छ त्यसवेला प्रचार अभियान सुरु हुन्छ ।’ 

महासचिव पोखरेलले एमालेले फागुनको पहिलो हप्ता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट