काठमाडौं : नोबेल शान्ति पुरस्कार विजेता तथा मानव अधिकारकर्मी नरगिस मोहम्मदीलाई इरानको एक अदालतले थप साढे सात वर्षको जेल सजाय सुनाएको छ ।
उनका वकिल मोस्तफा निलीले आइतबार सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, मोहम्मदीलाई ‘साठगाँठ गरी षड्यन्त्र रचेको’ आरोपमा ६ वर्ष र ‘प्रचारप्रसार गतिविधि’ गरेको आरोपमा डेढ वर्ष गरी कुल साढे सात वर्षको सजाय तोकिएको हो। यो फैसला इरानको उत्तर–पूर्वी सहर मशहदको अदालतले सुनाएको हो। नरगिस विगत केही वर्षदेखि जेल सजाय भुक्तान गर्दै आएकी छन् । डिसेम्बर २०२४ मा स्वास्थ्य अवस्थाका कारण उनलाई तीन साताका लागि जेलबाट अस्थायी रिहा गरिएको थियो ।
यद्यपि, गार्डियनको रिपोर्टअनुसार अभियन्ता र पश्चिमा मुलुकहरूको दबाबका कारण उनको रिहाइको समय बढेको थियो । नरगिसको पछिल्लो गिरफ्तारी डिसेम्बर २०२५ मा एक शोक सभामा ‘भडकाउ बयान’ दिएको आरोपमा भएको थियो । नरगिस फाउन्डेसनले भने गत मंसिरमा उनलाई ‘हिंस्रक तरिका’ले गिरफ्तार गरिएको भन्दै विरोध गर्दै आएको छ । फाउन्डेसनका अनुसार ५३ वर्षीया मोहम्मदीलाई इरानको पूर्वी शहर मशहदमा अन्य कार्यकर्ताहरूका साथ सुरक्षा बलले गिरफ्तार गरेको थियो ।
यही मामिलामा इरानको उत्तर–पूर्वी सहर मशहदको एक अदालतले उनलाई साढे सात वर्षको जेल सजाय सुनाएको हो । ५३ वर्षीया नरगिसलाई इरानमा महिलाहरूमा हुने अत्याचारविरूद्ध आवाज उठाएको भन्दै २०२३ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । मोहम्मदी २०२१ देखि तेहरानको कुख्यात एविन जेलमा बन्द थिइन् । डिसेम्बर २०२४ मा उनलाई मेडिकल रिपोर्टका आधारमा जेलबाट तीन साताका लागि अस्थायी रिहाइ गरिएको थियो । मोहम्मदीले कैयौं सजायको सामना गर्दै आएकी छन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij