Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

तामाकोशी दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ५ जना गम्भीर घाइते

तामाकोशी दुर्घटना अपडेट : मृतकको सङ्ख्या ७ पुग्यो, ५ जना गम्भीर घाइते

काठमाडौँ : रामेछापको तामाकोशीमा मंगलबार भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । 

प्रहरीका अनुसार दुर्घटनामा घाइते १२ मध्ये ५ जना गम्भीर रहेका छन् । मंगलबार बिहान काठमाडौँबाट रामेछाप हुँदै ओखलढुङ्गातर्फ जाँदै गरेको बस तामाकोशी नदीमा खसेर दुर्घटना भएको थियो । 

दुर्घटनामा ७ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक(डीएसपी) भोला भट्टले रातोपाटीलाई जानकारी दिए । चालकलाई प्रहरीले पक्राउ गरेको छ । मन्थली अस्पतालले सात जनाको शव आइपुगेको जनाएको छ । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको बा प्र ०१००६ ख ९९७५ नम्बरको बस आज बिहान नदीमा खसेको थियो । मृतकहरूको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट