Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

काठमाडौँ–मन्थली रुटको अरनिकाे बस सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ–मन्थली रुटको अरनिकाे बस सेवा अनिश्चितकालका लागि स्थगित

काठमाडौँ : अरनिको यातायात सेवा प्रा.लि.ले काठमाडौँ देखि खुर्कोट हुँदै रामेछापको मन्थलीसम्म सञ्चालन हुने आफ्ना सम्पूर्ण बस सेवाहरू अनिश्चितकालका लागि स्थगित गरेको छ।

अरनिको यातायातले एक सूचना जारी गर्दै रामेछापको मन्थली नगरपालिका वडा नम्बर ६, मसानटारमा भएको सवारी दुर्घटना र त्यसबाट सिर्जित सुरक्षा जोखिमका कारण क्युमा चल्ने बस सेवा रोक्नु परेको जनाएको छ।

अरनिको यातायातले जारी गरेको सूचनामा भनिएको छ, ‘सुरक्षा जोखिम रामेछाप मन्थली न.पा.–६ मसानटार दुर्घटनाका कारणले अर्को सूचना नआए सम्मको लागि हाललाई क्युहरु स्थगित गरिएको व्यहोरा सम्बद्ध सम्पूर्ण व्यवसायी, मजदुर, कर्मचारीहरूमा जानकारीको लागि आदेशानुसार सूचित गरिन्छ।’ कम्पनीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त रुटमा चल्ने सम्पूर्ण क्युका बसहरू रोक्ने निर्णय गरेको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट