काठमाडौं : निर्वाचन आयोगले सेतोपाटी अनलाइनलाई कारबाही गर्न भन्दै प्रेस काउन्सिल नेपाललाई पत्राचार गरेको छ ।
निर्वाचन आचारसंहिता विपरीत समाचार प्रकाशन गरेको भन्दै ‘सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई आयोगले पत्राचार गरेको हो। आइतबार 'सेतोपाटी चुनाव विश्लेषण–१ शृंखलाअन्तर्गत चितवन–३ मा सोविता गौतमले जित्नेछिन् निर्वाचन, रेनु दाहाल दोस्रो' समाचार प्रकाशित भएको थियो । त्यसपछि आज पनि सेतोपाटीमै 'भोट रास्वपालाई दिने हो, तर निकुञ्ज छेउका बस्तीबारे बालेनको तर्क गलत छ' शीर्षकमा अर्को समाचार सार्वजनिक भएको थियो । ती समाचारहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आवश्यक कारबाही गर्न काउन्सिललाई सोमबार पत्राचार गरेको आयोगले जनाएको छ ।
आयोगले गरेको पत्राचारमा भनिएको छ- 'अनलाइनबाट गरिएको कार्य निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ को खण्ड ९त० मा रहेको उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नहुने र ऐ, आचारसंहिताको दफा २५ को उपदफा ९१० को खण्ड ९ख० मा रहेको कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने व्यवस्थाको प्रतिकूल रहेको देखिँदा सीउपर आवश्यक कारबाही हुन निर्णयअनुसार अनुरोध छ।'
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij