Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

झापाको कन्काई पुलमा भेटिएको नक्कली 'बम'

झापाको कन्काई पुलमा भेटिएको नक्कली 'बम'

झापा : झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारको कन्काई पुलमा आज बिहान फेला परेको शंकास्पद वस्तु नक्कली बम भएको पुष्टि भएको छ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर प्रारम्भिक जाँच तथा डिस्पोज गर्ने तयारीका क्रममा उक्त वस्तु विस्फोटक नभई परालको डल्लो रहेको पुष्टि गरेको हो ।प्रहरीका अनुसार पराललाई डल्लो बनाएर तारले बेरेको र बाहिरी भागमा ‘नेपाल बन्द होसियार’ लेखिएको कागज राखी ढुंगाले थिचेर पुलको बीच भागमा राखिएको अवस्थामा उक्त वस्तु फेला परेको थियो।

बम भएको आशंकामा बिहानैदेखि पूर्वपश्चिम राजमार्गको सो खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको थियो। घटनापछि नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले शंकास्पद वस्तु हटाएपछि राजमार्गमा यातायात सेवा पुनः सञ्चालनमा आएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट