Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

पैदलयात्रीलाई मुक्का हान्नेलाई ट्राफिक प्रहरीले समात्यो

५ फागुन, काठमाडौं : पैदलयात्रीलाई मुक्का हान्ने व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथका एसएसपी नवराज अधिकारीले  जानकारी दिए ।

अहिले उनलाई ट्राफिक कार्यालय रामशाह पथ लगिएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए । पैदलयात्रीलाई मुक्का हानेको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान गरेको थियो । उनले पैदलयात्रीलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पिटेको देखिन्छ । त्यसपछि एक महिला आएर पनि गाली गरेको भिडियोमा सुनिन्छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट