बनेपा : अरनिको राजमार्गस्थित बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले उक्त टिपरमा आगजनी गरेका छन् । प्रहरीको अवरोधका बाबजुद स्थानीयले टिपरमा आगो लगाएका हुन् ।
बनेपाको दूरसञ्चार नजिकै आज बिहान भएको दुर्घटनापछि स्कुटर चालकको मृत्यु भएको थियो । बागमती प्रदेश ०१००४ क ३४२३ नम्बरको टिपरले बागमती प्रदेश ०२-०६३ प ९१८९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा अर्का एक जना घाइते भएका छन् । यससँगै बनेपा मुख्य सडक क्षेत्र तनावग्रस्त बनेको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij