Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

पशुपतिमा प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ

काठमाडौं : महाशिवरात्रीको दिन पशुपतिमा खटिएका प्रहरीमाथि आक्रमण गर्ने युवक पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौंका मकवानपुरको ठुलदमार घर भई काठमाडौं महानरपालिका–१३ चागल बस्ने २५ वर्षीय रिजन श्रेष्ठलाई प्रहरीले आज नियन्त्रणमा लिएको हो । पशुपतिमा ड्युटीमा रहेका एक प्रहरीलाई मुक्का र लात्तीले हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले आक्रमण गर्ने युवकको खोजी सुरु गरेको थियो ।

तर, कुट्ने युवकको पहिचान हुन सकेको थिएन । जसकारण मंगलबार मात्रै प्रहरीले एक सूचना निकाल्दै प्रहरीमाथि आक्रमण गर्ने ती युवक पहिचानका लागि नागरिकसँग सहयोग माग गरेको थियो । नेपाल प्रहरीले पशुपति क्षेत्रको उक्त भिडियोपछि तस्बिर सार्वजनिक गर्दै सूचनाका लागि आग्रह गरेअनुरुप सूचना पाएपछि ती युवकलाई प्रहरीले स्वयम्भूबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट