रत्ननगर : पूर्वी चितवनको रत्ननगर कार्यरत डिएसपि सुभास भट्टलाई २०८२ साल माघ महिनाको “Best Province Police Of The Month” पुरस्कार प्रदान गरिएको छ ।
वागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवन मातहत इलाका प्रहरी कार्यालय टाँडीमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) भट्टलाई उत्कृष्ट कार्यसम्पादनका आधारमा उक्त सम्मान प्रदान गरिएको हो। नेपाल प्रहरीका अनुसार अपराध अनुसन्धानलाई सूक्ष्म, प्रमाणमा आधारित र परिणाममुखी ढंगबाट अगाडि बढाउँदै उल्लेखनीय सफलता हासिल गरेकाले डीएसपी भट्टलाई ‘महिनाकै उत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको डिआईजी दिपक रेग्मीले जानकारी दिए।
जटिल प्रकृतिका घटनाको अनुसन्धानमा उहाँले देखाएको सक्रियता र नेतृत्वदक्षताको उच्च मूल्याङ्कन गरिएको रेगमीले बताउनुभयो। यसअघि चितवनमै प्रहरी निरीक्षकका रूपमा कार्यरत रहँदा समेत उहाँले विभिन्न आपराधिक घटनाको सफल अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो। संगठनभित्र अनुशासन, इमान्दारिता र व्यावसायिक क्षमताका कारण उहाँ परिचित रहनुभएको छ। उक्त सम्मानले चितवन जिल्लाको सुरक्षा व्यवस्थापन तथा अपराध नियन्त्रण कार्यलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij