Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

३२ वर्षीया महिलालाई जबरजस्ती गर्ने १९ वर्षीय पुरुष पक्राउ

३२ वर्षीया महिलालाई जबरजस्ती गर्ने १९ वर्षीय पुरुष पक्राउ

पाल्पा : ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले माथागढी गाउँपालिका– ७ बस्ने १९ वर्षीय रेमबहादुर ठाडालाई शनिबार दिउँसो पक्राउ गरेको हाे ।

ठाडाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। पीडित महिलाले आफूमाथि जबरजस्ती करणी भएको भनी दिएको जाहेरीमा करणी प्रमाणित हुने स्वास्थ्य परीक्षण रिपोर्ट पनि उल्लेख छ । ठाडालाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij