Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

उदयपुरमा बस दुर्घटना, १२ जना घाइते

उदयपुरमा बस दुर्घटना, १२ जना घाइते

उदयपुर : उदयपुरमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । सोमबार बिहान कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको बस उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा दुर्घटना भएको हो ।   

 

दुर्घटनामा १२ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटना पश्चात् सशस्त्र प्रहरी बल  नं.५ गण उदयपुरबाट खटिएको क्युआरटी टोलीले घाइतेहरूको उद्धार गरेर अस्पताल पठाएको जनाइएको छ । बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०–४० फिट तल खसेको जनाइएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij