वासिङ्टन डीसी : अमेरिकी राष्ट्रपति डोानल्ड ट्रम्पले इरानी जनता र सुरक्षा बलहरूलाई आफ्नो देशको धार्मिक नेतृत्व अन्त्य गर्न आह्वान गरेका छन् । उनले भिडियो सन्देशमा भने, ‘जब हामीले आफ्नो काम सक्नेछौं, तपाईहरू आफ्नो सरकार कब्जा गर्नुस् । यो तपाईंको पुस्ताका लागि सम्भवतः एक मात्र मौका हुनेछ ।’ साथै, ट्रम्पले इरानी सुरक्षा बलका सदस्यहरूलाई हतियार राखेवापत उनीहरूलाई रक्षाको ग्यारेन्टी दिइने होइन भने मृत्युको सामना गर्नुपर्ने चेतावनी दिएका छन् ।
जनता र मानवअधिकार समूहका अनुसार जनवरीको सुरुवाती दिनहरूमा इरानी सुरक्षा बलहरूले देशव्यापी विरोध प्रदर्शनमा कडा कारबाही गर्दै कम्तीमा ६ हजार ४८० जनाको मृत्यु गराएको थियो । ट्रम्पले त्यसबेला जिम्मेवारहरूले ठूलो मूल्य तिर्नुपर्ने चेतावनी दिएका थिए र प्रदर्शनकारीहरूलाई सहायता आइरहेको बताए । तर केही दिनपछि राष्ट्रपति ट्रम्पले इरानी सरकारबाट हत्या रोकिने सुनिश्चितता पाएको जानकारी दिए र आफ्नो ध्यान देशको आणविक कार्यक्रमतर्फ मोडिएको उल्लेख गरे ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij