Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

इरानी आक्रमणबाट दुबई विमानस्थलमा ४ जना घाइते

दुबई : संयुक्त अरब इमिरेट्स सरकारका अनुसार दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमणबाट चार जना घाइते भएका छन् । अधिकारीहरूले आपतकालीन उद्धार टोली तुरुन्तै सक्रिय गरिएको र सम्बन्धित निकायहरूसँग समन्वय गरेर घटनाको व्यवस्थापन भइरहेको बताएका छन् । घाइतेहरूलाई आवश्यक उपचार उपलब्ध गराइएको पनि जनाइएको छ ।

यसैबिच, दुबईको जेबेल अली बन्दरगाहमा सैन्य बलले अवरोध गरेको ड्रोनका टुक्रा खस्दा बन्दरगाहको एक भागमा आगलागी भएको सरकारको भनाइ छ । उक्त बन्दरगाहमा प्रायः अमेरिकी नौसेनाका जहाजहरू रोकिन्छन् । दुबई सिभिल डिफेन्स टोलीले तुरुन्तै आगो नियन्त्रणमा लिएको र त्यहाँ कुनै मानवीय क्षति नभएको बताइएको छ । अर्को छुट्टै घटनामा जायद  अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोनका भग्नावशेष खस्दा एक एसियाली नागरिकको मृत्यु भएको तथा सात जना घाइते भएको युएई सरकारले जनाएको छ । घटनापछि सुरक्षा सतर्कता बढाइएको र परिस्थितिको निगरानी जारी रहेको अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट