Logo

Nov 03 2026 | २०८३, कार्तिक १८गते

नेप्सेमा शून्य दशमलव ७२ प्रतिशतको वृद्धि

नेप्सेमा शून्य दशमलव ७२ प्रतिशतको वृद्धि

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १९ दशमलव २७ अङ्कले बढेर दुई हजार ६७४ दशमलव २० को बिन्दुमा कायम भएको छ । यो शून्य दशमलव ७२ प्रतिशतको वृद्धि हो ।

आइतबार ३४१ कम्पनीको एक करोड ३१ लाख ९३ हजार ४६२ कित्ता शेयर ५५ हजार २०६ पटक खरिद बिक्री हुँदा रु पाँच अर्ब ६४ करोड ८३ लाख १९ हजार ४१ दशमलव ३६ को कारोबार भएको छ । आइतबार सबै समूहको उपसूचक बढेको छ । सलपा विकास बैंक लिमिटेडको शेयर मूल्य आइतबार सबैभन्दा बढी नौ दशमलव ९९ प्रतिशतले बढेको छ । सबैभन्दा बढी हिमस्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर मूल्य चार दशमलव १६ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आइतबा सबैभन्दा बढी राधी विद्युत् कम्पनी लिमिटेडको रु ३६ करोड पाँच लाख तीन हजार १४० बराबरको कारोबार भएको छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी अपि पावर कम्पनी लिमिटेडको १० लाख ४९ हजार ८४४ कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट