Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

दुर्गा प्रसाईंसहित चारजनालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंसहित चारजनालाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ : सर्वोच्च अदालतले दुर्गा प्रसाईलाई थुनामा राख्नुको कारण माग गर्दै चौबीस घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ। न्यायाधीश कुमार रेग्मीको एकल इजलासले पक्राउ गर्नुको कारण माग्दै अदालतमा उपस्थित गराउन आदेश गरेको हो।

सर्वोच्चले आज (१९ फागुन) मा प्रसाईंसहित चारजनालाई अदालतमा उपस्थित गराउन आदेश गरेको छ। प्रहरीले पक्राउ गरेका गोकुल पराजुली, युकेन्द्र श्रेष्ठ, ईश्वर दाहाल र प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखेको भन्दै सर्वोच्चमा छुट्टाछुट्टै बन्दीको रिट निवेदन दर्ता भएको थियो।

प्रसाईंलाई ४ फागुनमा निर्वाचन आयोगले थुनामा राख्न भन्दै प्रहरीलाई पत्र पठाएपछि प्रहरीले हिरासतमा लिएको थियो। सर्वोच्चले प्रसाईंको मौलिक हक हनन् भएको भन्दै थुनामुक्त गर्न आदेश गरेको थियो। १४ फागुनमा न्यायाधीशहरू मनोजकुमार शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले प्रसाईंलाई थुनामा नराख्न बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको थियो। अदालतको आदेशपछि छुटेका प्रसाईंलाई तीन दिनपछि १८ फागुनमा प्रहरीले पक्राउ गरेको थियो। बिनाकारण पक्राउ गरी हिरासतमा राखेको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट