Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

१७ इरानी युद्धपोत नष्ट गरेको अमेरिकी सेनाको दाबी

१७ इरानी युद्धपोत नष्ट गरेको अमेरिकी सेनाको दाबी

वासिङटन डीसी : इरानविरुद्ध जारी सैन्य अभियानमा इरानका कम्तीमा १७ जहाज नष्ट गरिएको अमेरिकी सेनाले दाबी गरेको छ । मध्यपूर्वस्थित अमेरिकी फौजका कमान्डर एडमिरल ब्राड कूपरले मंगलबार सार्वजनिक भिडियो सन्देशमार्फत उक्त जानकारी दिएका हुन् ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको सन्देशमा उनले अमेरिकी कारबाहीलाई निर्विघ्न शल्यक्रियाजस्तो आक्रमण भन्दै बी–२ र बी–१ बम वम वर्षकबाट व्यापक प्रहार भइरहेको बताए । उनका अनुसार नष्ट गरिएका जहाजमध्ये इरानको एक सक्रिय पनडुब्बी पनि रहेको छ, जसमा ठुलो क्षति पुगेको छ । ‘सरल शब्दमा भन्नुपर्दा, हामीमाथि प्रहार गर्न सक्ने सबै लक्ष्यलाई निशाना बनाइरहेका छौँ,’ कूपरले भने । ‘हामी इरानी नौसेनालाई नै डुबाउँदै छौँ’ उनले थपे । अमेरिकी केन्द्री कमान्ड (सेन्टकम) का कमान्डर कूपरका अनुसार यो कारबाही ‘अपरेसन एपिक फ्युरी’अन्तर्गत चार दिनदेखि जारी छ । अमेरिकी रक्षा अधिकारीहरूले इरानको नौसैनिक क्षमता ध्वस्त पार्नु नै अभियानको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

कूपरका अनुसार यस अभियानमा ५० हजारभन्दा बढी अमेरिकी सैनिक र २०० भन्दा बढी लडाकु विमान संलग्न छन् । अहिलेसम्म करिब २ हजार लक्ष्यमा २ हजारभन्दा बढी हतियार प्रहार गरिएको पनि उनले बताए । यता, अमेरिकी र इजरायली आक्रमणको प्रतिशोध स्वरूप इरानले ५०० भन्दा बढी ब्यालिस्टिक मिसाइल र २ हजारभन्दा बढी ड्रोन प्रहार गरिसकेको कूपरले बताएका छन् । तर, उनले तेहरानको आक्रमण क्षमता क्रमशः कमजोर हुँदै गएको दाबी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij