Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सर्लाहीमा मौन अवधिमा नगद बोकेर हिँडेका पूर्व वडाअध्यक्ष पक्राउ

सर्लाहीमा मौन अवधिमा नगद बोकेर हिँडेका पूर्व वडाअध्यक्ष पक्राउ

काठमाडौँ : सर्लाहीको हरिपुर्वा नगरपालिका वडा नम्बर–२ हरिपूर्वा गाउँबाट सशस्त्र प्रहरीको स्ट्राइकिङ फौजले नगदसहित पूर्व वडाअध्यक्षलाई पक्राउ गरेको छ । मौन अवधिमा नगद बोकेर हिँडेपछि सशस्त्र प्रहरीको टोलीले ६५ वर्षीय पुरुषोत्तम यादवलाई पक्राउ गरेको छ । उनी पूर्व वडाअध्यक्ष हुन् ।

सर्लाही क्षेत्र नम्बर–२ को निर्वाचन सुरक्षामा खटिएका सशस्त्रका इन्स्पेक्टर सुजन रानाभाट नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई बुझाएको छ । यादवको साथबाट सशस्त्रले २५ हजार नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले  बताए ।  आरोपी यादवले यसअघि नेपाली कांग्रेसबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । अहिले उनी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध छन् । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij