Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ईच्छाकामनाको कबुलियती वनबाट २२९ क्युफिट खयर काठ बरामद, कर्मचारी मिलेमतोको आशंका

ईच्छाकामनाको कबुलियती वनबाट २२९ क्युफिट खयर काठ बरामद, कर्मचारी मिलेमतोको आशंका

चितवन : चितवनको इच्छाकामना गाउँपालिका–७ स्यागंदीस्थित कबुलियती वन क्षेत्रबाट बहुमूल्य खयर जातको २२९ क्युफिट काठ बरामद गरिएको छ। स्थानीयले दिएको सूचनाका आधारमा डिभिजन वन कार्यालय चितवनको टोलीले उक्त काठ बरामद गरेको हो । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णु प्रसाद आचार्य का अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। बरामद गरिएको काठ कसरी काटेर वन क्षेत्रमा लुकाइ राखिएको हो भन्ने विषयमा छानबिन सुरु गरिएको उनले बताए।

घटनामा सब–डिभिजन वन कार्यालय कालिका नगर अन्तर्गत थागंखोला क्षेत्रका केही कर्मचारीको मिलेमतो रहेको आशंका स्थानीयले गरेका छन्। स्थानीयका अनुसार डिभिजन कार्यालयबाट नम्बरी जग्गामा कटान अनुमति दिइएको भए पनि कबुलियती वन क्षेत्रमा अवैध रूपमा काठ काटिएको हुन सक्ने शंका गरिएको छ।

“कर्मचारीप्रति हामीलाई आशंका पैदा भएको छ। यदि यस विषयमा निष्पक्ष छानबिन भएन भने हामी अख्तियारसम्म जानेछौं,” एक स्थानीयले चेतावनी दिएका छन्।
यद्यपि डिभिजन वन कार्यालयले भने आफूहरूमाथि रिस र पूर्वाग्रहका आधारमा आरोप लगाइएको दाबी गरेको छ।

निर्वाचन नजिकिँदै गरेको समयमा ठूलो परिमाणमा काठ बरामद भएको घटनाले स्थानीय तहमा विभिन्न टिप्पणी र चासोसमेत बढाएको छ। घटनाको सत्यतथ्य पत्ता लगाउन डिभिजन वन कार्यालयले विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij