Logo

Nov 08 2026 | २०८३, कार्तिक २३गते

खाना पकाउने ग्यास भोलिदेखि आधा सिलिण्डर मात्र पाइने

खाना पकाउने ग्यास भोलिदेखि आधा सिलिण्डर मात्र पाइने

काठमाडौँ : नेपाल आयल निगमले बजारमा आधा सिलिण्डर मात्रै ग्यास पठाउने निर्णय गरेको छ। शुक्रबारदेखि उपभोक्ताले ७.१ केजी तौल भएको आधा सिलिण्डर ग्यास बजारमा पठाउने  निगमले जनाएकव् छ। 

आधा सिलिन्डर ग्यासको मूल्य पनि आधा नै तोकिएको छ। अन्तर्राष्ट्रियस्तरमा भइरहेको युद्धका कारण बजारमा ग्यास माग बढेको र आपूर्तिमा केही समस्या देखिएकाले त्यसलाई सामान्य बनाउन यस्तो कदम चालेको निगमले बताएको छ।

यसका साथै आधा सिलिण्डर मात्रै वितरण गर्दा अनावश्यक रूपमा ग्यास थुपारेर राख्ने प्रवृत्ति पनि घट्ने निगमको दाबी छ। यो निर्णयले बजारमा देखिएको ग्यास अभाव हट्ने र उपभोक्ताले सजिलै ग्यास पाउने निगमको दाबी छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij