तेहरान : इरानको पर्यटन मन्त्रालयले मध्यपूर्व युद्ध १५औँ दिनमा प्रवेश गरेको उल्लेख गर्दै यसका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएको शनिबार जनाएको छ । तेहरानमा, अमेरिका–इजरायली आक्रमणले द्वन्द्वको प्रारम्भिक दिनहरूमा युनेस्कोमा सूचीबद्ध गोलेस्तान दरबारलाई क्षति पुगेको स्थानीय मिडियाले जनाएको छ ।
दरबार परिसर इरानी राजधानीको सबै भन्दा पुरानो स्थलहरू मध्ये एक हो भने परापूर्वकालमा कजार वंशको निवासको रूपमा रहेको थियो । तेहरानमा सबै भन्दा धेरै क्षतिग्रस्त स्मारकहरू रेकर्ड गरिएको जनाइएको छ । मध्य इरानी सहर इस्फहानमा रहेको १७औँ शताब्दीको वास्तुकलाको गहना युद्धका कारण “नघ्स–ए जहाँ स्क्वायर” पनि क्षतिग्रस्त भएको जनाइएको छ । युद्धले बुशहर प्रान्तको सिराफ बन्दरगाहमा, शताब्दीयौँ पुराना भवनहरूको र ऐतिहासिक घरहरू प्रभावित भएको बताइएको छ ।
संयुक्त राष्ट्रसङ्घको सांस्कृतिक एजेन्सी युनेस्कोलेसमेत इरान, इजरायल र लेबनानका सयौं ऐतिहासिक स्थलहरू युद्धबाट क्षतिग्रस्त वा खतरामा परेकोमा चिन्तित रहेको एएफपीले बताएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij