Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इजरायली आक्रमणमा २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि

इजरायली आक्रमणमा २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको पुष्टि

बेरुत :   इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।

सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो।इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स कर्मचारीहरूलाई निशाना बनाएको’ आरोप लगाएको हो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij