Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

हत्या अभियोगमा एकजना पक्राउ

हत्या अभियोगमा एकजना पक्राउ

काठमाडौं : बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ पुडेनीका ३५ वर्षीय शर्वाश बुढाको हत्या गरेको अभियोगमा ४० वर्षीय धनबहादुर महतरा पक्राउ परेका छन् ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार धनबहादुर र उनका १८ वर्षीय छोराले ढुङ्गा प्रहार गर्दा शर्वाशको घटनास्थलमै मृत्यु भएको हो । अभियुक्त महतरालाई पक्राउ गरिएको छ भने घटनापछि फरार भएका निजका छोराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, बूढानीलकण्ठ नगरपालिका–१ स्थित लेमन ट्री होटलमा सञ्चालनमा रहेको क्यासिनोमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–२ का ४८ वर्षीय दिलीप लामासमेत १३ जनालाई पक्राउ गरिएको छ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले गएराति उनीहरूलाई नगद रु एक लाख ९० हजारसहित पक्राउ गरेको हो । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट