Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा अधिकाशं संरचना प्रभावित

इरानमा अमेरिका र इजरायलले गरेको आक्रमणमा अधिकाशं संरचना प्रभावित

इरान : गत महिनाको अन्त्यमा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा सयुक्त इरानमा आक्रमण सुरु गरे देखि इरानमा ४६ हजार भन्दा बढी नागरिक संरचना तथा एकाइहरू प्रभावित भएको जनाइएको छ ।

प्रभावित मध्ये करिब ३९ हजार आवासीय संरचना रहेको अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी रेड क्रिसेन्ट सोसाइटी (आइआरसीएस) का निर्देशक राजीह अलिसावन्दीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ ।

उनले निरन्तरको आक्रमण प्रति खेद व्यक्त गर्दै छ हजार ८५१ वटा व्यापारिक एकाइहरू पनि क्षतिग्रस्त भएको बताए । आक्रमणले लगभग २३६ वटा स्वास्थ्य केन्द्रहरु र १२० वटा विद्यालय तथा शैक्षिक संस्थाहरूमा पनि असर परेको जनाइएको छ । आक्रमणमा १७ वटा आइआरसीएस केन्द्रहरू क्षतिग्रस्त हुनुका साथै एउटा उद्धार हेलिकप्टर नष्ट भएको उनले बताए । 
 
अक्रमणमा आइआरसीएसका दश जना कर्मचारी घाइते भएको र एक जनाको मृत्यु भएको अलीसावन्दीले बताउनु भएको छ । शैक्षिक केन्द्रमा भएको आक्रमणमा २०६ जनाको मृत्यु हुनुका साथै १५४ जना घाइते भएको जनाइएको छ । स्वास्थ्य क्षेत्रमा भएको आक्रमणर्मा १६ जनाको मृत्यु हुनुका साथै अन्य ९६ जना घाइते भएको बताइएको छ ।

आइआरसीएसले अमेरिका र इजरायलले अन्तर्राष्ट्रिय मानवीय कानूनको उल्लङ्घन गरेको प्रमाण रेकर्ड गरिरहेको उल्लेख गर्दै सशस्त्र द्वन्द्वमा बालबालिका, विद्यार्थी र वृद्धवृद्वा जस्ता व्यक्तिहरूमाथि प्रहार गर्नु नहुने उनले बताए । 

उनले क्यान्सर लगायत दुर्लभ रोगबाट पीडितहरूका लागि औषधि अत्यावश्यक रहेको भन्दै अन्तर्राष्ट्रिय मानवीय सहायताका लागि केन्द्र तयार रहेका बताए । उन आइआरसीएस फार्मेसीहरू चौबिसै घण्टा सञ्चालनमा रहेको जनाउदै अहिलेसम्म कुनै पनि बिरामीहरू स्वास्थ्य सेवा र औषधिबाट वञ्चित नभएको उल्लेख गरे । 

फेब्रुअरी – २८ मा, इजरायल र संयुक्त राज्य अमेरिकाले तेहरान र अन्य धेरै इरानी शहरहरूमा संयुक्त आक्रमणहरू गर्दा सर्वोच्च नेता अली खमेनी, उच्च पदस्थ सैन्य कमान्डरहरू र नागरिकहरू मारिए भने इरानले इजरायल र मध्य पूर्वमा अमेरिकी सम्पत्ति र आधारहरूलाई लक्षित गर्दै आक्रमणको प्रतिक्रिया दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट