Logo

Oct 18 2026 | २०८३, कार्तिक २गते

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्रसंघ

द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्रसंघ

न्यूयोर्क : मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्वभरि भोकमरीको समस्या झन् गम्भीर बन्ने जोखिम रहेको संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ। संयुक्त राष्ट्रसंघअन्तर्गत विश्व खाद्य कार्यक्रमले सन् २०२६ सम्म विश्वमा तीव्र खाद्य अभाव झेल्ने मानिसहरूको सङ्ख्या नयाँ रेकर्डमा पुग्न सक्ने जनाएको छ।

द्वन्द्व लम्बिँदै गएमा थप करिब ४ करोड ५० लाख मानिस खाद्य असुरक्षामा पर्न सक्ने अनुमान गरिएको छ। विशेषज्ञहरूका अनुसार होर्मुज जलडमरुमा अवरोध सिर्जना हुँदा तेल ढुवानी मात्र होइन, मल बोकेका जहाजहरूको आवतजावत पनि प्रभावित भएको छ, जसले खाद्य उत्पादनमा प्रत्यक्ष असर पारिरहेको छ।

संयुक्त राष्ट्रराष्ट्रसंघले प्रभावित क्षेत्रमा खाद्यान्न, पानी, आश्रय तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास तीव्र बनाएको जनाएको छ। लेबनानमा लाखौं मानिसलाई तातो खाना, अत्यावश्यक सामग्री र सफा पानी वितरण गरिएको छ। यसैबीच, विस्थापनका कारण १० लाखभन्दा बढी मानिस घर छाड्न बाध्य भएका छन्, जसमा करिब ३ लाख बालबालिका रहेका छन्। धेरैजसो प्रभावितहरू सार्वजनिक आश्रयस्थल बाहिर नै बस्न बाध्य छन्। स्वास्थ्य क्षेत्रमा पनि गम्भीर असर परेको छ।

आक्रमणका कारण स्वास्थ्यकर्मीहरू मारिनुका साथै अस्पताल तथा स्वास्थ्य पूर्वाधारमा क्षति पुगेको छ। संयुक्त राष्ट्रराष्ट्रसंघले द्वन्द्वरत पक्षहरूलाई अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न र सर्वसाधारण नागरिक तथा सहयोगकर्मीहरूको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेको छ। मध्यपूर्वमा जारी द्वन्द्वले विश्व अर्थतन्त्रसँगै खाद्य सुरक्षामा समेत गम्भीर चुनौती खडा गरेको देखिएको छ।  

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij