Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

मेक्सिकोमा सिनालोआ कार्टेल प्रमुख लक्षित छापामा ११ जनाको मृत्यु

मेक्सिकोमा सिनालोआ कार्टेल प्रमुख लक्षित छापामा ११ जनाको मृत्यु

मेक्सिको सिटी :  मेक्सिकोका सुरक्षाकर्मीहरूले उत्तर क्षेत्रस्थित कुलियाकानमा गरिएको एक कारबाहीका क्रममा ११ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उक्त कारबाहीमा कुख्यात सिनालोआ कार्टेलअन्तर्गतको एक समूहका नेता ओमार ओस्वाल्डो टोरेसलाई पक्राउ गरिएको जनाइएको छ ।

मेक्सिकन नौसेनाले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार छापेमार अभियानका क्रममा आफ्ना सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जवाफी कारबाही गरिएको थियो । यस क्रममा ११ जना आक्रमणकारी मारिएका हुन् । मृतकहरूको पहिचान भने सार्वजनिक गरिएको छैन । घटनास्थलबाट उच्च क्षमताका हतियार तथा सामरिक उपकरणहरू बरामद गरिएको पनि जनाइएको छ ।टोरेस ‘एल पातास’ उपनामले पनि चिनिन्छन् । यिनी सिनालोआ कार्टेलको ‘लोस मायोस’ समूहका प्रमुख मानिन्छन् । अपरेसनका क्रममा उनसँग उनकी छोरी पनि थिइन् । तर आपराधिक गतिविधिसँग सम्बन्ध नदेखिएकाले उनलाई परिवारको जिम्मा लगाइएको अधिकारीहरूले बताएका छन् ।

पछिल्ला वर्षहरूमा ‘लोस मायोस’ समूह र अर्को गुट ‘लोस चापितोस’बीच संघर्ष चर्किँदै आएको छ । यी दुवै समूह क्रमशः इस्माइल जाम्बाडा र जोकिन गुजमानसँग सम्बन्धित मानिन्छन्, जसलाई अमेरिकी कारागारमा राखिएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट