Logo

Aug 25 2026 | २०८३, भाद्र ९गते

दाङको १३२ केभी सबस्टेसनमा आगलागी, विद्युत् आपूर्ति अवरुद्ध

दाङको १३२ केभी सबस्टेसनमा आगलागी, विद्युत् आपूर्ति अवरुद्ध

बुटवल : नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा शुक्रबार आगलागी भएको छ। 
 
विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । 

दाङको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी छ । 
 
घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij