Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सिरहा बम विस्फोट घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा बम विस्फोट घटनामा लेखापढी व्यवसायी पक्राउ

सिरहा : सिरहा जिल्ला अदालत अगाडि बार एशोसिएसन कार्यालयमा भएको कुकर बम विस्फोट घटनामा लेखापढी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेखापढी व्यवसायी सुखीपुर नगरपालिका ३ का गुमस्ता यादवलाई शङ्काको आधारमा नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए। उनले शङ्काको आधारमा एक जनालाई पक्राउ गरेको र हाल चार दिनदेखि अनुसन्धान भइरहेको बताए।
 
अनुसन्धान निष्कर्षमा पुगेपछि मात्र विस्तृत विवरण सार्वजनिक गर्न सकिने उनले बताए। पक्राउ परेका यादव सिरहा अदालतअगाडि कार्यालय खोलेर लेखापढी गर्दै आइरहेका थिए। विस्फोटका कारण कार्यालयमा कार्यरत एक कर्मचारी घाइते भएका थिए। घाइते हुनेमा सिरहा नगरपालिका १ निवासी सौरभ यादव छन्। उनको खुट्टामा चोट लागेको थियो। 
 
घटनामा कार्यालयभित्र रहेका कम्प्युटर लगायतका सामग्रीमा पनि क्षति पुगेको थियो।  विस्फोट गत फागुन २७ गते अपराह्न भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले बताए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट