काठमाडौँ : पर्साबाट स्रोत नखुलेको २० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पर्सा महानगरपालिका महानगरपालिका १७ का ५० वर्षीय विनयशंकर साह छन्। उनलाई वीरगन्ज १६‚ भन्सार गेटबाट सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म वीरगन्जले शुक्रबार पक्राउ गरेको सशस्त्र प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विष्णुप्रसाद भट्टले बताए।
भारतबाट बीआर०५ बीके ८६०३ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई सशस्त्र प्रहरी बल नेपाल इन्टेलिजेन्स ब्युरोको सूचनाका आधारमा जाँच गर्ने क्रममा पक्राउ गरिएको भट्टले बताए।
साहले चढेको मोटरसाइकलको सिटकभरभित्र प्लास्टिकमा प्याक गरेको अवस्थामा स्रोत नखुलेको २० लाख दुई हजार ५० र भारतीय ६ सय रुपैयाँ बरामद भएको छ। साहलाई नगदसहित भन्सार कार्यालय वीरगन्जमा बुझाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij