न्युयोर्क: न्युयोर्कको ला गार्डिया विमानस्थलमा एउटा विमान ट्रकसँग ठोक्किएको छ। जसमा विमानका दुवै पाइलटको मृत्यु भएको छ। दुर्घटनामा प्लेनमा रहेका अधिकांश यात्रु घाइते भएका छन्।
“एयर क्यानडाको विमानमा ७२ यात्रु र चार चालक दलका सदस्य थिए‚” पोर्ट अथोरिटीका कार्यकारी निर्देशक क्याथरिन गार्सियाले पत्रकार सम्मेलन गर्दै भनिन्, “४१ यात्रु र चालक दलका सदस्यहरूलाई अस्पताल लगिएको छ। उपचारपछि हालसम्म ३२ जनालाई डिस्चार्ज गरिएको छ। तर केहीलाई गहिरो चोट लागेको छ।”
अमेरिकामा बीबीसीको साझेदार सीबीएस न्युजले पनि दुर्घटनाबारेको समाचार प्रकाशन गरेको छ। सीबीएस न्युजको समाचारमा भनिएको छ‚ “विमान क्यानडाको मोन्ट्रियलबाट आउँदै थियो र अवतरण गरेको थियो। अवतरणपछि विमान धावनमार्गमा रोक्न खोज्दा, यो न्यूयोर्क र न्यु जर्सीको पोर्ट अथोरिटीको ट्रकसँग ठोक्कियो। जुन‚ विमानस्थल सञ्चालन गर्ने प्राधिकरण हो।” दुर्घटनाग्रस्त भएको विमान सानो अर्थात् सीआरजे ९०० थियो।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij