Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

सुर्खेतमा ब्राउनसुगर सहित दुई जना पक्राउ

सुर्खेतमा ब्राउनसुगर सहित दुई जना पक्राउ

सुर्खेत : सुर्खेतमा लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने २ ग्राम पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय हर्षसिंह ठकुरी र २२ वर्षीय तुला नेपाली रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट