Logo

Aug 27 2026 | २०८३, भाद्र ११गते

ठमेलबाट २० जना विदेशी महिला पक्राउ

ठमेलबाट २० जना विदेशी महिला पक्राउ

काठमाडौँ : ठमेल क्षेत्रमा अनैतिक क्रियाकलाप तथा अभद्र व्यवहार गर्ने २० जना विदेशी महिलाहरूलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२६ फायरचोकस्थित सडकखण्डबाट २० जना युगान्डाका महिलाहरूलाइ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

ती महिलाहरुले बाटो हिंड्ने विदेशी तथा स्वदेशी पर्यटक, सर्वसाधरण पुरुषहरूलाई अनावश्यक रुपमा बाटो छेकी अश्लिल क्रियाकलाप सम्बन्धी मोलमोलाइ गरी दु:ख दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान भइरहेको एसपी भट्टराईले जानकारी दिए । 

thamel-1083x1536.jpeg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट