Logo

Nov 04 2026 | २०८३, कार्तिक १९गते

एन आई सी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, सातै प्रदेशका ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

एन आई सी एशिया बैंकले मनायो ‘ग्लोबल मनी विक २०२६’, सातै प्रदेशका ४ हजारभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित

काठमाडाैं : एन आई सी एशिया बैंकले ‘ग्लोबल मनी विक २०२६’को अवसरमा वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ देशभरका हजारौं विद्यार्थी तथा युवाहरुमाझ सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।

नेपाल राष्ट्र बैंकको राष्ट्रिय संयोजनमा भएको यस वर्षको ‘ग्लोबल मनी विक २०२६’ अन्तर्गत यस बैंकका सातै प्रदेशका विभिन्न शाखाहरुले स्थानीय स्तरका विद्यालय तथा कलेजहरुमा विद्यार्थी तथा युवाहरुलाई वित्तीय साक्षरता अभिवृद्धि अभियानमा सहभागी गराउँदै उनीहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने खालका कार्यक्रम सञ्चालन गरेका छन् ।

यस अभियान अन्तर्गत हप्ताभरीमा सञ्चालन गरेका ६७ भन्दा धेरै कार्यक्रमहरुबाट मुलुकभरका ४ हजार १ सयभन्दा धेरै विद्यार्थी तथा युवाहरु लाभान्वित भएका छन् । साथै, बैंकले नेपाल राष्ट्र बैंकको यस अभियान अन्तर्गत वित्तीय साक्षरता तथा जनचेतना अभिवृद्धिलाई अझ व्यापक बनाउन विभिन्न सामग्रीहरु निर्माण गरी बैंकको सामाजिक सञ्जालहरुमा समेत प्रकाशन गरेको थियो ।

नेपाल राष्ट्र बैंकले सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई दिएको निर्देशन अनुसार यस बैंकले आयोजना गरेको विविध कार्यक्रम तथा अन्य सामग्रीहरुबाट बालबालिका, विद्यार्थीहरु तथा युवामाझ वित्तीय साक्षरता, जनचेतना, वित्तीय ज्ञान, सीप वृद्धिमा थप सहयोग पुगेको यस बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट