काठमाडौँ : पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गरी समस्याग्रस्त आयोजनालाई शहरी विकास तथा भवन निर्माण विभागको मातहतबाट हटाइने बताएका छन्।
मङ्गलबार विभागमा आयोजित रुग्ण आयोजनाको अवस्थाबारेको समीक्षा बैठकमा मन्त्री लम्सालले समस्याग्रस्त आयोजनाको ठेक्का व्यवस्थापन गरी विभागको कार्यक्षेत्रबाट हटाउने निर्णय गरिएको जानकारी दिए।
विभागअन्तर्गतका कुल २ हजार ८०७ कार्यक्रममध्ये ७२ वटा आयोजना समस्याग्रस्त रहेको पाइएको छ। तीमध्ये १० वटा सम्पन्न भएका छन् भने चार वटाको ठेक्का अन्त्य गरिएको छ। आठ वटाको ठेक्का अन्त्य प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
त्यस्तै, ३२ वटा आयोजनाको म्याद थप गरी सञ्चालनमा रहेका छन् भने १८ वटाको म्याद समाप्त भएको उनले बताए । मन्त्री लम्सालले निर्माण सम्भव नभएका आयोजनाको ठेक्का अन्त्य गर्ने र समस्याग्रस्त आयोजनालाई विभागको मातहतबाट हटाउने निर्णय भएको बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij