Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

आफ्ना नागरिकलाई बंकरमा छिर्न इजरायलको निर्देशन

आफ्ना नागरिकलाई बंकरमा छिर्न इजरायलको निर्देशन

काठमाडौं : इरानले शक्तिशाली आक्रमण सुरु गरेपछि इजरायलले आफ्नो वायु रक्षा प्रणाली सक्रिय पारेको छ। इजरायली सेना आईडीएफले नागरिकलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिएको छ। उता, इरानमाथि पनि शक्तिशाली आक्रमण जारी छ। मानव अधिकारवादी संस्था ह्रानाले पछिल्लो २४ घण्टामा इरानमा ७०१ पटक आक्रमण भएको जनाएको छ, जुन युद्ध सुरु भएयताकै उच्च संख्या हो। 

यीमध्ये ७४ प्रतिशत आक्रमण राजधानी तेहरानमा केन्द्रित छन्। यसैबिच, अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानमा स्थलगत कारबाही लागि विशेष दस्ता पठाउने योजना तयार पारिरहेको वासिङ्टन पोस्टले जनाएको छ। 

खाडी क्षेत्रमा पनि तनाव उत्तिकै छ। साउदी अरबले रियाद आउँदै गरेका तीन ड्रोन र एक ब्यालिस्टिक मिसाइल खसालेको छ। युएईको अबु धाबीमा मिसाइल खसाल्ने क्रममा पाँच जना घाइते भएका छन्। कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको राडार प्रणालीमा १५ वटा ड्रोन आक्रमणबाट ठूलो क्षति पुगेको छ। 

उता, यमनको हुथी विद्रोही समूहले इजरायलको दक्षिणी सैन्य क्षेत्रमा क्रुज मिसाइल र ड्रोनबाट दोस्रो चरणको भीषण आक्रमण गरेको पुष्टि गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट