Logo

Aug 26 2026 | २०८३, भाद्र १०गते

कञ्चनपुरमा कांग्रेस र एमालेले बुझाए विरोधपत्र

कञ्चनपुरमा कांग्रेस र एमालेले बुझाए विरोधपत्र

धनगढी : नेकपा (एमाले) का अध्यक्ष एव पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकको गिरफ्तारीको विरोधमा कञ्चनपुरमा दुवै दलले संयुक्त रूपमा विरोध प्रदर्शन गरेका छन्।

राजनीतिक रूपमा फरक कित्तामा रहे पनि आफ्ना शीर्ष नेताहरूको पक्राउलाई नियोजित र अलोकतान्त्रिक कदम ठहर्‍याउँदै नेपाली कांग्रेस र नेकपा एमाले कञ्चनपुरले आइतबार जिल्ला प्रशासन कार्यालयमा विरोधपत्र बुझाएका हुन्।

जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएका दुवै दलका नेता तथा कार्यकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गर्दै नेताद्वयको तत्काल र ससम्मान रिहाइको माग गरेका छन्। विरोध प्रदर्शनपछि जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई बुझाइएको ज्ञापनपत्रमा राजनीतिक प्रतिशोधका आधारमा नेताहरूलाई पक्राउ गरिएको आरोप लगाइएको छ।

विरोध कार्यक्रममा बोल्दै दुवै दलका नेताहरूले सरकारले लोकतन्त्रको उपहास गरेको र राजनीतिक संवादको साटो दमनको बाटो रोजेको बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट